हुप्सेकोटको मौलाथरमा पुग्यो बिजुली

NAWALPUR TIMES

हुप्सेकोटको मौलाथरमा पुग्यो बिजुली
IMG 20220316 134550

नारायण शर्मा/पूर्वी नवललरासी
१५ करोडको लागतमा हुप्सेकोट गाउपालिकाको दुर्गम भेगमा पहिलो पटक बिजुली पुगेको छ । हुप्सेकोट गाउपालिकाको बिकट मौलाथरमा राष्ट्रिय प्रशारण लाइनको बिजुली बालिएको छ ।
उज्यालो हुप्सेकोट अभियान अन्तर्गत गाउपालिका भित्रका सवै वस्तीमा राष्ट्रिय प्रशारण लाइनको विधुत् सेवा पुर्याउने योजना अन्तर्गत वडा नम्वर ६ को मौलाथरमा विधुत् लगिएको हो । मंगलवार राति औपचारिक रुपमा बिजुली बत्ती वालेर उद्घाटन गरिएको छ । वडा नम्वर ६ का ५ सय ७४ घर परिवारले राष्ट्रिय प्रशारण लाईनको विधुत सेवा दिइएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले जानकारी दिइन । राष्ट्रिय प्रशारण लाइनको बिजुली पुगे संगै हुप्सेकोटका ३२ सय घरमा आगामि ३ महिनाभित्र बिजुली बाल्नेगरि काम अघि बढेको छ ।
कार्यक्रममा वोल्दै नेपाल विद्युत प्राधिकरण प्रशारण निर्देशनालयका प्रवन्धक टेक नाथ तिवारीले यो गर्मियाममै हुप्सेकोट गाउपालिका पुर्ण विधुतिकरण भैसक्ने बताए । उनले बिकट हुप्सेकोटलाई प्राथामिकतामा राखेर काम गरिएको र गाउपालिका अध्यक्ष श्रीमती लक्ष्मी पाण्डको अग्रसरता सह्रानिय भएको सुनाए । तिवारी बिद्युत एक वर्षअघि तिवारी प्राधिकरण गण्डकीको प्रमुख भएकै अबस्थामा यो प्रोजेक्ट अघि बढेको र हुप्सेकोटमा बिद्युत लैजान तिवारीको मुख्य योगदान रहेको भन्दै गाउपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले प्राधिकरण परिवारको अग्रसरतालाई पछि सम्म पनि सम्झीइरहने बताइन । यो बिद्युति करणमा यै माटोमा जन्मनुभएका तिवारीको ठुलो योगदान छ पाण्डले भनिन गण्डकी प्रदेशका ८५ वटा पालिका मध्ये हुप्सेकोटलाई प्राथामिकतामा राखेर बजेट मिलाइदिएकोमा तिवारीको प्रशसा गरेकी दिइन । मंगलावार बिजुली बाल्ने कामको शुभारम्भ गरिएको हो ।
अति बिकटमा रहेको मौलाथर गण्डकी प्रदेशको विशेष संरक्षित क्षेत्र अन्तर्गत पर्छ । हुप्सेकोट मगर समुदायको बाहुल्यता रहेको गाउपालिका हो । धौवादी फलामखानी समेत रहेको यहाको दुर्गम गाउमा पहिलो पटक बिजुली पुगेको हो ।
उत्तरमा पाल्पाको निस्दी गाउपालिकासंग सिमाना जोडिएको मौलाथर पुग्न हुप्सेकोटा गाउपालिकाको कार्यालयवाट ६ घण्टा पैदल हिडन पर्ने बाध्यता छ । वडा नम्वर ६ को पेलेगा दमार, जगदेउ, भण्डारी , धौला , कुर्गानटार , छिनडाडा ,केवरा ढाप ,खर्क, जापडाडा,सागा भंज्याङ, पिपलडाडा , मौलाथर , रमिते लगाएतको बस्तीमा विधुत सेवा विस्तार भएको हो ।
विद्युत प्राधिकरण प्रादेशिक कार्यालय गण्डकी प्रदेशका प्रमुख केदारनाथ सिलवालले कोरोनाको प्रभावले बजारमा भनेको समयमा विधुतिय सामाग्रि नपाउदा सोचे अनुसार कार्य अगाडि वढ्न नसके पनि अन्य क्षेत्रको तुलनामा हुप्सेकोट गाउपालिकामा विधुतिकरणको काम निकै छिटो अगाडि वढेको जानकारी दिए ।
उज्यालो हुप्सेकोट कार्यक्रम अन्तरगत शुरु गरिएको प्रशारण लाइन निर्माणमा संघिय सरकारको १० करोड , प्रदेश सरकारे साढे तीन करोड र हुप्सेकोट गाउपालिकाको साढे २ करोड लागतमा काम भएको हो ।

गाउपालिका अध्यक्ष स्वयम विजुलि बत्ती वाल्न पुगे पछि स्थानियले बजागाजा र फूलमालाले स्वागत समेत गरेका थिए । वडा अध्यक्ष छाम वहादुर सोमैले गाउमा पहिलो पटक बिजुली पुग्दा हर्षको सिमा नरहेको बतँए । अब इन्टरनेट, चलाउन , टेलिभिजन हेर्न , उद्योग कलकारखाना खोल्ने आधार तैयार भएको सुनाए । मौथाथरमा बिजुली बाल्न आयोजित कार्यक्रममा ठुलो संख्यामा सर्वसाधारण उपस्थित भएका थिए । यस अघि त्यहाका केहिघरमा सोलार बाट बत्ति बालिदै आएको थियो । अब सोलारको झन्झटवाट समेत मुक्त भैयो स्थानिय बलबहादुर थापाले भने गाउनै झलमल्ल भयो ।
दुर्गम मौलाथरमा बिजुलीबत्ति , सडक सुबिधा नपुगेका कारण स्थानिय बासिन्दा बसाइसरेर गाउनै रित्तिने अबस्थामा पुगेको बिजुलीले स्थानियलाई राहत मिलेको शिक्षक वीरबहादुर सारु मगरले बताए । गाउमा भरपर्दो स्कुल , हिडने बाटो , बिजुली नभएका कारण झयालबास , कावासोती र चोरमारा बजारमा बसाईसर्नेक्रम बढदो छ सारुले भने युवाहरु बिदेशीएका छन । उनका परिवार लालाबालाको अध्ययनकालागि भन्दै झयालबास र कावासोती बजारमा डेरा गरेर बसेका छन ।

 

 

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology