नवलपुर । नेपाली कांग्रेस जिल्ला कार्यसमितिको शनिबार हुने निर्वाचनका लागि यहाँ सभापतिमा २ जनाको उम्मेदवारी परेको छ । कावासोतीस्थित कांग्रेस कार्यालयमा सभापतिका लागि महेन्द्रध्वज जिसी र बालकृष्ण घिमिरेले शुक्रबार उम्मेदवारी दर्ता गरेका छन् । जिसी पूर्वसांसद र घिमिरे हालका कांग्रेस जिल्ला सचिव हुन् ।
त्यसैगरी २ जना उपसभापतिका लागि ७ जनाले उम्मेदवारी दिएका छन् । जिल्ला निर्वाचन समितिका अनुसार उपसभापतिमा चन्द्रबहादुर राना, धर्म बस्याल, उदय अर्याल, केशव सापकोटा, उपयराज अधिकारी, पूर्णसिंह राना, कपिलदेव भुसालको मनोनयन परेको छ । २ सचिवका लागि होमराज रानाभाट, महेन्द्र पोख्रेल, करुणासागर सुवेदी, मित्रलाल भट्टराईको उम्मेदवारी परेको छ ।
कावासोतीस्थित लुम्बिनी कलेजमा शनिबार मतदान हुने निर्वाचन समितिले जनाएको छ । जिल्लामा कूल १९ सय ७२ मतदाता रहेका छन् ।
प्रकाशित : २०७८ फागुन २० गते १८:२८
Facebook Comment