कांग्रेस नवलपुर : फागुन १९ गते मतदाता नामावली प्रकाशन, २१ गते मतदान

NAWALPUR TIMES

कांग्रेस नवलपुर : फागुन १९ गते मतदाता नामावली प्रकाशन, २१ गते मतदान
nepali congress flag

कावासोती । नेपाली कांग्रेस नवलपुरको जिल्ला अधिवेशन फागुन १९ गते बाट सुरु हुने भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले फागुन १९ गते मतदाता नामावली प्रकाशन, २० गते उम्मेदवारको मनोनयन दर्ता र २१ गते मतदान सम्पन्न हुने निर्वाचन कार्यतालिका प्रकाशित गरेको छ ।

२१ गते हुने निर्वाचनले सभापति सहित ७ जना पदाधिकारी र ३४ जना जिल्ला कार्यसमिति सदस्य सहित कुल ४१ जनाको जिल्ला कार्यसमिति चयन गर्ने जिल्ला निर्वाचन अधिकृत गोविन्द सिग्देलले जानकारी दिए ।

मतदाता नामावली प्रकाशन र उम्मेदवारी दर्ताको कार्यक्रम नेपाली कांग्रेसको जिल्ला कार्यालय बिपि स्मृति भवनमा र मतदान २१ गते शनिबार लुम्बिनी आदर्श डिग्री कलेजमा हुने कांग्रेसको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology