काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) का विरुद्धमा विभिन्न ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले नेपाल बन्दको घोषणा गरेको छ ।सत्ता गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चासहितका राजनीतिक दलहरुले भोलि सोमवार नेपाल बन्दको घोषणा गरेका हुन् ।
एमसीसीका विरुद्धमा आम नागरिकले खबरदारी गर्दा गर्दै संसदबाट अनुमोदन गर्न खोजिएको विरोधमा नेपाल बन्द आह्वान गरिएको क्रान्तिकारी नेकपा माओवादीका नेता तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलले जानकारी दिए ।
एमसीसी विरुद्धमा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (विप्लव), नेकपा मसाल, नेकपा (ऋषि कट्टेल) वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, माके (समाजवादी) तथा राष्ट्रिय जनमोर्चा र देजमो नेपालले संयुक्त रुपमा नेपाल बन्दको आह्वान गरेको हो ।
प्रकाशित : २०७८ फागुन १५ गते २०:२६
Facebook Comment