५ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७८ फागुन १२ गते ९:४७
५ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीमा  ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दघाट नगरपालिका बस्ने २१ वर्षीयका युवकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

युवकले ती बालिकालाई मगंबार अन्दाजी ९ बजे राति बिहेको कार्यक्रममा ति बालिकालाई चकलेट दिने प्रलोभनमा पारि जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । मुलकी अपराध समिताको परिच्छेद १८ अन्तर्गत जबर्जस्तीकरणी कसुरमा अदालतबाट ७ दिनको म्याद थपगरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सुचना अधिकारी प्रेम बहादुर शाहीले जानकारी दिनु भएको हो।

प्रकाशित : २०७८ फागुन १२ गते ९:४७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI