चितवन। चितवनको रामपुरको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान टोलीले छापा मारेको छ । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौडाका ४ जना सहितको टोलीले खरिद सम्बन्धि कागजपत्र तथा कूर्चि, सोफाको विवरण संकलन गरेको छ । ३ वर्ष पहिले करिब साढे २ करोड बढी खर्चेर विश्वविद्यालयले कूर्चि, सोफा खरिद गर्दा भ्रष्टाचार भएको भन्दै परेको उजुरीमाथि छानविन गर्न टोलीले छापा मारेको हो ।
केन्द्रीय कार्यालय तथा आंगिक कार्यालयमा राख्नका लागि करिब २ सय ९० थान कूर्चि सोफा खरिद गर्दा भ्रष्टाचार भएको स्रोतको दाबी छ । डेढ वर्षदेखि अनुसन्धान चलिरहेको सो मुद्धामा अख्तियारले बेलाबखत बयान समेत लिदै आइरहेको थियो । आज टोलीले स्थानीय अगुवाहरुसँगको रोहबरमा कूर्चि तथा कागजपत्रको विवरणको लगत संकलन गरेको छ । कूर्चि, सोफा खरिद गरेको केही महिनामै कामै नलाग्ने गरी धुलाम्मे भएपछि भ्रष्टाचार भएको आशंका गरिएको थियो ।
प्रकाशित : २०७८ फागुन ११ गते ११:५२
Facebook Comment