राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कार चितवनको ज्योतिलाई

NAWALPUR TIMES

राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कार चितवनको ज्योतिलाई
received 922475628460929

नवलपुर । राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कार ल-२०७८ चितवनकी पत्रकार ज्योति अधिकारीलाई प्रदान गरिएको छ ।

स्तन क्यान्सरबाट ज्यान गुमाएकि नवलपुरकी पत्रकार राधा बस्यालको स्मृतिमा राधा क्यान्सर सचेतना फाउण्डेसनले स्थापना गरेको अक्षयकोषबाट प्रदान गरिने २० हजार राशीको राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि यस वर्ष परेका आवेदक मध्येबाट ‘नेपाल समय डटकम’ मा कार्यरत चितवनकी अधिकारी छनोट भएकी थिईन ।

कार्यक्रममा गण्डकी प्रदेशका विधायन समितिका सभापति विष्णुप्रसाद लामिछानेले पुरस्कृत पत्रकार अधिकारीलाई पुरस्कार प्रदान गरेका हुन ।

वि.स २०४८ सालमा जन्मिएकी पत्रकार राधा बस्यालको २०७७ कार्तिक १४ गतेका दिन स्तन क्यान्सरको कारणले निधन भएको थियो । एक दशक भन्दा लामो समयदेखि नवलपुरमा रहेर पत्रकारिता गर्दै आएकी राधाले वैवाहिक जीवनपछि व्यक्तिगतरुपमा घरेलु हिंसा र क्यान्सरसँग लड्दै आएकी थिइन ।

समाजमा महिला हिंसा र स्तन क्यान्सरको विषयमा सचेतना अभियान सन्चालन गर्न राधा क्यान्सर फाउन्डेसनको स्थापना गरेर गाउँ गाउँमा सचेतना अभियानसमेत चलाएकी थिइन । राधाको निधनपश्चात फाउन्डेसनलाई उहाँका भाइ पत्रकार प्रकाश बस्यालले निरन्तरता दिइरहेका छन् ।

गत वर्षको राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कार महिला स्वास्थ्य डटकमकी बर्दीयाकी समृद्धा केसीलाई प्रदान गरिएको थियो ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology