सडकमा प्रदर्शन गरेर माओवादी र नेकपा एसले राजनीतिक बेइमानी गरे : उपसभापति गुरुङ

NAWALPUR TIMES

सडकमा प्रदर्शन गरेर माओवादी र नेकपा एसले राजनीतिक बेइमानी गरे : उपसभापति गुरुङ
dhanraj

नवलपुर । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सरकारमा रहेका दलहरुलेनै एमसिसीको विरोधमा सडकमा राजनीतिक बेइमानी गरेको बताएका छ्न ।

आईतबार प्रेस युनियन नवलपुर शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै गुरुङले यस्तो बताएका हुन ।

“सरकारमा रहेका दलहरुले आफ्नो दायित्व बिर्सिएर एमसिसीको विरोध गर्नु राजनीतिक हिसाबले बेइमानी हो,”गुरुङले भने । पत्रकारहरुको प्रश्नको जवाफ दिदै गुरुङले सरकारमा रहेर सरकारकै निर्णयको विरोध गर्ने संसारका अरु कुनै देशमा नभएको समेत बताए । एमसिसीको विरोधमा सरकारमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एसका कार्तकर्ताले एमसिसीको विरोधमा सडकमा गरेको प्रदर्शन प्रति लक्षित गर्दै गुरुङले यस्तो बताएका हुन ।

कार्यक्रममा गुरुङले एमसीसी सम्झौता विकास परियोजना मात्र नभइ कूटनीतिक सम्बन्धको आधार पनि भएकाले यसलाई स्वीकार गर्नुपर्ने बताएका छ्न “एमसीसी विकास परियोजना मात्र होइन यो कूटनीतिक सम्बन्धको आधार पनि हो । यसलाई स्विकार्न पर्छ” गुरुङले भने ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology