डि आर क्षेत्री/नवलपुर । अति संकटापन्न घडियाल गाेहिलाई नवलपुरकाे देवचुलि स्थित दिव्यपुरी घाटबाट आगामि माघ २९ गते प्राकृतिक बासस्थानमा ( नारायणि नदीमा ) छाडिदै छ ।
शिसवार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नेत्र बहादुर पाण्डेले २० वटा घडियाल गाेहिका बच्चाहरु नारायणीमा छाडिने बताए । यस स्थानमा ओैपचारीक समाराेहक गोही छाडिने यो पहिलाे कार्यक्रम समेत रहेकाे पाण्डेले बताए ।
देवचुलि नगरप्रमुख पुर्णकुमार श्रेष्ठकाे प्रमुख आतिथ्यता रहने कार्यक्रममा चितवन राष्ट्रिय निकुञ पदाधिकारी , राष्ट्रिय प्रकृति संरक्षण काेष साैराहाका प्राविधिक तथा विश्व वन्यजन्तु काेष WWF का प्रतिनिधि तथा नेपाली सेनाका पदाधिकारिहरुकाे उपस्थिति रहने जनाईएको छ ।
गोहीकाे महत्व , संरक्षणमा भएका प्रयास तथा यहाका सराेकारवालाहरु लाई जानकारी दिन तथा जनचेतना फैलाउन याे कार्यक्रम सफल हुने समितिका अध्यक्ष पाण्डेले बताए । घडियाल गाेहि संरक्षणका लागि नवलपुरमा यस अधि शिसवार मध्यवर्ति उपभोक्ता समितिकाे आयाेजनामा घडियाल फुटवल प्रतियाेगिता तथा विभिन्न संघसंस्थाको आयाेजनामा विविध कार्यक्रम गर्ने गरिएको पाण्डेले बताए ।
पछिल्लाे समय नारायणी नदिमा माछा मार्न तियारी, करेन्ट जाल ,प्रयाेग गर्दा ती जालमा फसेर धेरै गोहीकाे मृत्यु हुने गरेको छ । घडियाल गाेहि अत्यन्तै सफा पानिमा वस्ने भएको हुदा जहाँ घडियाल गाेहिकाे बासस्थान छ , साे पानी सफा र स्वच्छ छ भनेर पनि वुझ्न सकिने विज्ञहरु वताउछन् ।
प्रकाशित : २०७८ माघ २६ गते ९:११
Facebook Comment