भरतपुर अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

NAWALPUR TIMES

भरतपुर अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु
Bharatpur hospital

चितवन, भदौं ३०-

भरतपुर अस्पतालमा विगत २४ घण्टामा दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

 

स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालमा चितवनका दुई जनाको मृत्यु भएको हो । चितवनमा अहिले ४८ जना कोरोनाका बिरामीले विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् ।

 

जसमध्ये आईसीयूमा १६ जना, भेन्टिलेटरमा एक जना, एचडीयूमा १७ जना, जेनरल बेडमा १५ जना रहेका छन् । विगत २४ घण्टामा विभिन्न अस्पतालमा सात जना कोरोनाका बिरामी डिस्चार्ज भएका छन् ।

 

चितवनमा विगत २४ घण्टामा ५७ जना कोरोना संक्रमित थपिएका छन् ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology