संखुवासभामा एकै परिवारका ६ जनाको हत्या गर्ने आरोपित सार्वजनिक

NAWALPUR TIMES

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या गर्ने आरोपित सार्वजनिक
sankhuwasabha hatya aaropi 20210912113818 1

संखुवासभा । संखुवासभामा सामूहिक हत्याका आरोपितलाई प्रहरीले आज (आइतबार) सार्वजनिक गरेको छ । एकै परिवारका ६ जनाको हत्यामा संलग्न मादी नगरपालिका वडा नम्बर १ उम्लिङका लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।

भदौ २१ गते सोमबार मादी–१ उम्लिङको खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी सात वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

घटनाको अनुसन्धानका लागि प्रदेश नं १ का प्रहरी प्रमुख डिआइजी बीसी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) लगायत टोली घटनास्थल आइपुगेको थियो । ठूला अपराधका घटनाको अनुसन्धानमा सक्रिय सिआईबीलाई यो घटनामा पनि सफलता प्राप्त मिलेको छ ।

प्रहरीले लोकबहादुरको घर नजिकैबाट घटनामा प्रयोग भएको रगतले लतपतिएको कपडा र हथौडा बरामद गरेको जनाएको छ । लोकबहादुर मृतक तेजबहादुरका भतिज हुन् ।

लोकबहादुरले आफूले तेजबहादुरलाई मात्र मार्न चाहेको बयान दिएका छन् तर घरका अन्य सदस्य पनि आएपछि अरुलाई पनि मार्न बाध्य भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कार्की डिप्रेशनको औषधि खाइरहेका थिए ।

लोकबहादुरले आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ । व्यक्तिगत रिसीबीका कारण हत्या भएको प्रहरीले जनाएको छ ।

   

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology