चितवन । नारायणी नदीले सतर्कताको तह पार गरेसँगै चितवन प्रशासनले सर्वसाधरणलाई सतर्क रहन आग्रह गरेको छ । अहिले नारायणी नदीमा जलसतह बढेर ७ मिटरको सतर्कता तह पार गरेकाे छ । अहिले नदी ७.३३ को तहमा बगिरहेको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।
उनले नदीको तह बढ्ने क्रममा रहेकाले सतर्क रहन सबैमा आग्रह गरे । लामिछानेले नारायणी नदीले सर्तकता तह पार गरेर खतराको तह ९ भन्दा माथि पुगेमा धनजनको क्षती हुन सक्ने भन्दै होसियार रहन सबैलाई आग्रह गरे ।
उनले अहिले पनि चितवनमा पानी परिरहेकाले बिभिन्न ठाउँमा रहेका खोलामा बाढी आउन सक्ने भन्दै खोला आसपास कसैलाई पनि नजान आग्रह गरे । बाढीका कारण हुन सक्ने संभावित घटनालाई मध्यनजर गर्दै आफुहरु तयारी अवस्थामा रहेको लामिछानेको भनाई रहेको छ ।
प्रकाशित : २०७८ भदौ ११ गते १५:१४
Facebook Comment