इन्सपेक्टर वाग्लेकोको मृत्यु प्रकरणमा गृह मन्त्रालयद्वारा छानबिन समिति गठन

NAWALPUR TIMES

इन्सपेक्टर वाग्लेकोको मृत्यु प्रकरणमा गृह मन्त्रालयद्वारा छानबिन समिति गठन
Kapil Wagle Death

पश्चिम नवलपरासीको इलाका प्रहरी कार्यालय बर्दघाटका इन्सपेक्टर कपिल वाग्लेको दुर्घटनामा मृत्यु भएको घटनाको गृह मन्त्रालयले छानबिन थालेको छ । सहसचिव सुनील खनालको नेतृत्वमा मन्त्रालयले छानबिन समिति नै गठन गरेको छ ।

गत २५ साउनमा कार्यालय अगाडि सडकमा मोटरसाइकलको ठक्करबाट इन्सपेक्टर वाग्लेको मृत्यु भएको थियो । जुन घटना शंकास्पद भएको भन्दै कांग्रेस सांसद देवेन्द्रराज कँडेलले प्रश्न उठाएपछि छानबिन समिति बनेको हो । समितिमा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ तथा नेपाल प्रहरीका एसएसपी सुदीप गिरी सदस्य छन् ।

प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले इन्सपेक्टर वाग्लेलाई निलम्बन गरेको भोलिपल्टै उनको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको थियो । मोबाइल तस्करीको घटनाको अनुसन्धानमा गृहले उनलाई निलम्बन गरेको थियो । सो मोबाइल तस्करीमा डिआइजीको मिलेमतो रहेको भनेर नेता कँडेलले संसदमै आरोप लगाएका थिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology