कक्षा ११ को परीक्षा अनलाइन माध्यमबाट गर्नु पर्ने कावासोतीका विद्यार्थीहरुको माग

NAWALPUR TIMES

कक्षा ११ को परीक्षा अनलाइन माध्यमबाट गर्नु पर्ने कावासोतीका विद्यार्थीहरुको माग
1112021 07 16 06 53 07

कावासोती-कक्षा ११ को परीक्षा अनलाइन माध्यमबाट गर्नु पर्ने र विद्यार्थीहरुलाई कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउनु पर्ने मार्ग राख्र्दै विद्यार्थीहरुले कावासोती नगरपालिकाको शिक्षा शाखामा शुक्रबार ज्ञापन पत्र बुझाएका छन ।

कावासोती नगरपालीकामा सन्चालित कुमारवर्ती बहुमुखी क्याम्पस, मध्यविन्दु बहुमुखी क्याम्पस, लुम्बिनी आर्दश डिग्री कलेज र शिव मा.विमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुले कोरोना महामारीमा विद्यार्थीको अवस्था र समस्या नबुझी मनोमानी ढङ्गबाट भौतिक रुपमानै साउनको दास्रो साताबाट परिक्षा सञ्चालन गर्ने निणर्य प्रति ध्यानकर्षण भएको जनाउदै कक्षा ११ को परीक्षा अनलाइन मध्यमबाट गर्नु पर्ने र विद्यार्थीहरुलाई कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउनु पर्ने माग सहित कावासोती नगरपालिकाका नगरशिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारीलाई ज्ञापन पत्र बुझाएका हुन ।

ज्ञापन पत्र बुझाउन मध्यविन्दु बहुमुखि क्याम्पस प्लस टु कल्याण मन्चका अध्यक्ष आयुस ढकाल , लुम्बिनी आर्दश डिग्री कलेजका प्लस टु कल्याण मन्चका सचिव अस्तम तामाङ, प्लस टु एकता मञ्च कुमारवर्ती बहुमुखि क्याम्पसका सचिव ममता कंडेल , शिव मा वि का विद्यार्थी प्रतिनिधि लगाएतका विद्यार्थीहरु कावासोती नगरपालिकाको शिक्षा शाखामा पुगेका थिए ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology