रोट्र्याक्ट क्लब अफ नवलपुर सिटी को सस्थापक अध्यक्षतामा अनिल सुवेदी

NAWALPUR TIMES

रोट्र्याक्ट क्लब अफ नवलपुर सिटी को सस्थापक अध्यक्षतामा अनिल सुवेदी
203582078 793876664646480 7167884524462413637 n

नवलपुर।  नवलपुर मा रोट्र्याक्ट क्लब अफ नवलपुर सिटी स्थापना भएको छ । अनिल सुवेदीको अध्यक्षतामा २५ जना सदस्यसहित नवलपुरमा सो रोट्र्याक्ट क्लब १८ जुन २०२१ मा स्थापना गरिएको संस्थापक अध्यक्ष सुवेदीले जानकारी दिए ।

 

क्लबसँग एक विविध बोर्डको ईतिहास रहेको बताइएको छ ।जसमा सस्थापक अध्यक्ष रो. अनिल सुबेदि ,उपाध्यक्ष रो.ऋषि गौतम,उपाध्यक्ष रो. सुमन लम्साल ,सचिब रो. बुलेट सिग्देल,कोषाध्याक्ष रो . सन्दिप खनाल , क्लब सेवा निर्देशक रो. श्रद्धा पान्डे ,समुदाय सेवा निर्देशक रो. रितु पौडेल , अन्तरास्ट्रिय सेवा निर्देशक रो. बिक्रम ढकाल ,व्यावसायिक सेवा निर्देशक रो. ओमकार घिमिरे ,सम्पादक रो.सुन्दर न्यौपाने, मर्यादा पालक रो.सुमन भट्टराई ,विशेष परियोजना संयोजक रो.बिष्णु भट्टराई ,रोट्र्याक पदोन्नति अधिकारि रो.सुस्मिता ढकाल सहित को कार्यसमिति चयन भएको छ।

क्लबलाई रोट्यरी क्लब अफ नवलपुर कावासोतीले स्पोन्सर गरेको उनले बताए । उनका अनुसार यस नयाँ क्लब स्थापना गर्नको लागि रोट्यरी क्लब अफ नवलपुर कावासोतीका अध्यक्ष बाबुराम कँडेलले प्रमुख भुमिका निभाएका थिए । नवस्थापित सो संस्थाले देशका विभिन्न क्षेत्रमा सामाजिक कार्य तथा ब्याक्तित्व बिकास कार्य गर्ने उद्देश्य लिएको लिएको अध्यक्ष सुवेदीले बताए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology