काेभिड प्रभावितलाई नवलपुर जिल्ला समाज युकेको सहयोग

NAWALPUR TIMES

काेभिड प्रभावितलाई नवलपुर जिल्ला समाज युकेको सहयोग
203981924 876571282931811 8231308568669973615 n

 टेक बहादुर रजालि मगर/कावासोती

नवलपुर जिल्ला समाज युकेद्वारा कोभिड प्रभावितहरुका लागि आर्थिक सहयाेग रकम प्रदान गरेकाे छ। कोभिड प्रभावित नागरिकलाई केहि भए पनि मलम लगाउन टेवा पुगाेस भन्ने हेतुले सहयाेग गरेकाे समाजका अध्यक्ष ईन्द्रजित सारुले जानकारी दिनुभयो ।

युकेमा रहेका नवलपुरवासिहरुले संकलन गरि पठाएको २ लाख ३० हजार वरावरकाे स्वास्थ्य सामाग्री अक्साेमिटर, ठर्मल लगायत खरिद गरि काेभिड प्रभावित ग्रामिण क्षेत्रमा पठाउने राहत वितरण समितिका संयाेजक केबी रानाले जानकारि दिनुभयाे। यसैविच संयाेजक रानाले काेभिड प्रभावितहरुलाई राहत सहयोग गर्न अमरापुरिमा रहेको सारिका फाउन्डेसनलाई ३० हजार नगद सहयोग उपलब्ध गराउनुभएकाे छ।

सहयोग रकम चेक ग्रहण पशचात फाउन्डेसनका अध्यक्ष बिक्रम ठकुरिले फाउन्डेसनले संचालन गर्दै आईरहेको कोभिड प्रभावितहरुका लागि राहत वितरणमा ठुलाे टेवा पुग्ने र थप हाैसला प्राप्त भएको बताउनुभयाे। काेभिडबाट स्वयम प्रभावित भईरहेको बेलामा पनि मातृभुमिलाई सम्झेर सहयोग गरेकोमा अध्यक्ष ठकुरिले धन्यवाद ज्ञापन गर्नुभयाे। नवलपुर जिल्ला समाज युकेले काेभिड -१९ प्रभावित विपन्न परिवारलाई पहिलाे चरणमा खाद्यान्न राहत, अघिल्लो वर्ष वाढि पहिराे प्रभावित बाैंदिकालि र बुलिङ्गटारका ४५ घर परिवारलाई नगद राहत सहयाेग गरेकाे थियाे।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology