नवलपुरमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

NAWALPUR TIMES

नवलपुरमा थप तीन जना कोरोना संक्रमितको मृत्यु
download 1

नवलपुरमा थप तीन जना कोरोना संक्रमित विरामीको मृत्यु भएको छ ।

देवचुलीका २ जना र विनयी त्रिवेणीका १ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थय कार्यालय नवलपुरले जनाएको छ ।

स्वास्थ्य शाखा देवचुलीका अनुसार देवचुली १२ र ९ का दुई जना पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
जेठ २६ गते भरतपुर अस्पतालमा भएको परिक्षणमा संक्रमण पुष्टि भएका देवचुली १२ का ६४ बर्षका पुरुषको बिहीवार उपचारकै क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो भने वडा नं. ९ का ७० वर्षीय पुरुषको पनि उपचारकै क्रममा भरतपुर अस्पतालमै मृत्यु भएको स्वास्थ्य शाखा देवचुलीले जनाएको छ ।

असार २ गते मध्यविन्दु जिल्ला अस्पतालमा भएको परिक्षणमा पोजेटिभ पुष्टि भएका ति वृद्धलाई ३ गते भरतपुर अस्पताल भर्ना गरिएकोमा उपचारका क्रममा आज शनिवार बिहान मृत्यु भएको हो । योसँगै देवचुलीमा मात्रै बैशखयता ८ जनाको मृत्यु भएको छ ।

यस्तै, विनयी त्रिवेणी गाउँपालिका वडा नं. ३ का ७७ बर्षीय बृद्धको पुरानो मेडिकल कलेजमा मृत्यु भएको स्वास्थ्य शाखा विनयी त्रिवेणीले जनाएको छ ।

शुक्रवार बेणीमणिपुर स्वास्थ्य चौकीमा एन्टिजेन परिक्षण गर्दा पोजेटिभ देखिएका ति बृद्धलाई मध्यविन्दु जिल्ला अस्पताल पुर्‍याईएकोमा जिल्ला अस्पतालले थप उपचारका लागि रेफर गरेपछि पुरानो मेडिकल कलेजमा भर्ना गरि उपचाररत रहेका ति बृद्धको गएराती नै मृत्यु भएको स्वास्थ्य शाखा विनयी त्रिवेणीले जनाएको छ । ति पुरुषमा प्यारालाईसिसका साथै प्रेसर लगायत स्वास्थ्य समस्या समेत रहेको अस्पताल स्रोतलाई उधृत गर्दै स्वास्थ्य शाखाले जनाएको छ ।

योसँगै विनयी त्रिवेणीमा मात्रै वैशाखय ता १७ जनाले ज्यान गुमाएका छन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology