कावासोती । पुर्वी नवलपरासीको बुलिङ्गटार-४ चुली बोझामा ट्रयाकटर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
दलदलेबाट बुलिङटारतर्फ जाँदै गरेको लु ३ त ७६०७ नम्बरको ट्रयाकटर अनियन्त्रित भई दुर्घटना हुँदा देवचुली नगरपालिका-९ निवासी २५ बर्षीय ट्याक्टर चालक बिकास गोतामे मगरको निधन भएको बुलिङ्गटार प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते चालकलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पुर्याउन साथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रकाशित : २०७७ माघ ३ गते २०:२३
Facebook Comment