कोभिड-१९ बाट एक सैनिकको मृत्यु

NAWALPUR TIMES

कोभिड-१९ बाट एक सैनिकको मृत्यु
1596945190.Sena Sketch Army 1

काठमाडौं। नेपाली सेनामा कार्यरत एक सैनिकको कोराना संक्रमणबाट मृत्यु भएको छ।

 

काठमाडौँमा सेवारत रामेछाप घर भएका ती ३४ वर्षीय सैनिकको गत २९ भदौमा मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।  निर्देशनालयका अनुसार मृतक सैनिकको यही १ असोजमा कोरोना परीक्षणको नतिजा आएको थियो ।

 

नेपाली सेनामा हालसम्म दुई हजार ५६ जनामा संक्रमण पुष्‍टि भएको छ। तीमध्ये ४०१ जना संक्रमणमुक्त भइसकेका छन्।

 

एक हजार ६५४ सक्रिय संक्रमित रहेको सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले बताए। रासस

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology