देशभर आज हल्कादेखि मध्यम वर्षा, गण्डकी र प्रदेश ५ का केही ठाउँमा धेरै पानी पर्ने

NAWALPUR TIMES

देशभर आज हल्कादेखि मध्यम वर्षा, गण्डकी र प्रदेश ५ का केही ठाउँमा धेरै पानी पर्ने
1595294085.rain heavy

काठमाडौं। देशभरको मौसममा सामान्य बदली रही अहिले प्रदेश १, बागमती,  गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

 

प्रदेश १ र गण्डकीका एक/दुई स्थानमा भने भारी वर्षा भएको छ।

 

आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र प्रदेश ५ का एक/दुई स्थानहरुमा भारी वर्षाको अनुमान गरिएको छ।

 

आगामी २४ घण्टा प्रदेश १, २, गण्डकी र प्रदेश ५ का एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरूका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology