बिरामी बोक्ने बाहेक अन्य प्रयोजनका लागि एम्बुलेन्स प्रयोग गरे दर्ता खारेज हुने

NAWALPUR TIMES

बिरामी बोक्ने बाहेक अन्य प्रयोजनका लागि एम्बुलेन्स प्रयोग गरे दर्ता खारेज हुने
263638107ambulance

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर सञ्चालित एम्बुलेन्सलाई बिरामी मात्र बोक्न निर्देशन दिएको छ।

कोरोनाको नियमित ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले एम्बुलेन्सलाई बिरामी मात्र बोक्न निर्देशन दिएको हो।

अन्य कामको प्रयोजनका लागि एम्बुलेन्स प्रयोग गरेको पाइएमा उक्त एम्बुलेन्सको दर्ता तत्काल खारेज गर्ने र भविष्यमा सञ्चालनका लागि अनुमति नदिने प्रवक्ता गौतमले बताए । एम्बुलेन्सको सदुपयोग गर्न मन्त्रालयको आग्रह छ।

उनले भने, ‘एम्बुलेन्सको निर्देशिका अनुसार एम्बुलेन्सको सदुपयोग गर्नुपर्छ । यदी कथम कदाचित एम्बुलेन्स अन्य कामका लागि प्रयोग गरेका पाइएमा तुरुन्त दर्ता खारेज गरिनेछ र भविष्यमा एम्बुलेन्स सञ्चालनका लागि अनुमति दिइने छैन ।’

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology