पछिल्लो २४ घण्टामा देशभर ९ जना कोरोना संक्रमितको मृत्यु

NAWALPUR TIMES

काठमाडौं-  पछिल्लो २४ घण्टामा देशभर ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितमध्ये २८० पुगेको छ।

प्रदेश १ मा मोरङकी ४३ वर्षीया एक महिला, प्रदेश २ मा महोत्तरीका ७८, बाराका ७५ वर्षीय पुरुषको मृत्यु भएको छ।

त्यसैगरी, बागमती प्रदेशमा मकवानपुरका ५२ वर्षीया महिला, काठमाडौंका ४१, ५९ र ६५ वर्षीय पुरुषको मृत्यु भएको छ।  प्रदेश ५ मा नवलपरासीका ३६ वर्षीया महिला र रुपन्देहीका ४० वर्षीय पुरुषको मृत्यु भएको छ।

देशभर पछिल्लो २४ घन्टामा ३ महिला र ६ पुरुष गरी ९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा नेपालमा थप १०४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ४५ हजार २७७ जना पुगेको छ।

शनिबार काठमाडौंमा ३२६, ललितपुरमा ३७ र भक्तपुरमा ४५  संक्रमित थपिएका छन्।

पछिल्लो २४ घन्टामा थप १५६६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म  २७ हजार १२७ उपचारपछि निको भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology