४ वर्षीया बालिकासहित ११ जना कोरोना संक्रमितको मृत्यु

NAWALPUR TIMES

४ वर्षीया बालिकासहित ११ जना कोरोना संक्रमितको मृत्यु
1945650652coronadeath

काठमाडौं- आज ११ जना संक्रमितको मृत्यु भएको छ। महोत्तरीका ४ वर्षीया बालिकासहित ११ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

यसैगरी महोत्तरीका ३७ वर्षीय पुरुष, सिरहाका ६५ पुरुष, तीन जना ५३, ८० र ६० वर्षीय पुरुष, बाराका ६० वर्षीय पुरुष, चितवनका ५४ वर्षीय पुरुष, काठमाडौंका दुई जना ७० र ३५ वर्षीय पुरुष र मकवानपुरका ५८ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा नेपालमा थप १०६९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ४० हजार ५२९ जना पुगेको छ।

मंगलबार काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३०  संक्रमित थपिएका छन्।

देशभर ७२८० जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा थप ७६८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म  २२ हजार १७८ उपचारपछि निको भएका छन्।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology