राहतको बिषयलाई व्यंग्य गर्दै कावासोतीका युवाद्वारा निर्माण गरिएको नाटक सार्वजनिक ( भिडियो सहित)
NAWALPUR TIMES
नवलपुर । पछिल्लो समय राहत बितरणमा देखिएको बिकृतिलाई व्यंग्य गर्दै कावासोतीका युवाहरुले राहत नामक नाटकको भिडियो सार्वजनिक गरेका छन। वर्तमान समयको विकृतिलाई व्यंग्यात्मक तरिकाले विषय उठान गरेको नाटक आज सार्वजनिक गरिएको हो। नाटकका परिकल्पनाकार तथा निर्देशक पत्रकार नारायण प्रभु रहेका छन भने छायांकन र सम्पादन रन्जित रानाले गरेका छन। राहत दिने नाममा गरिबीको मजा उडाउदै फेसबुकमा आइरहेका तस्वीरहरु हेर्दा राहत भन्दा आहत बढी देखिएको हुनाले यस्ता बिकृतिलाई हटाउन नाटक निर्माण गरिएको गण्डकी आजका अध्यक्ष किरण भुर्तेलले बताएका छन। भिडियो सम्पुर्ण नेपालीको हितमा निर्माण गरिएको हुँदा सबैले सेयर गरि सबै नेपाली माझ पुर्याइदिनु हुन निर्देशक प्रभुले सबैलाई अनुरोध गरेका छन।
Facebook Comment