सरकार विरुद्ध एमाले नवलपुरको विरोध प्रदर्शन (हेर्नू होस तस्बिरमा)

NAWALPUR TIMES

सरकार विरुद्ध एमाले नवलपुरको विरोध प्रदर्शन (हेर्नू होस तस्बिरमा)
received 769463454182929

राजु चापागाईं/कावासोती ।
नेकपा (एमाले) नवलपुरले महङ्गी र भ्रष्टाचारको विरोधमा कावासोतीमा आज बृहत जनप्रदर्शन गरेको छ। सरकारले महङ्गी नियन्त्रणका लागि कुनै पहल नगरेको भन्दै एमाले नवलपुरका जनसंगठनहरुको संयुक्त आयोजनामा बुधबार जनप्रदर्शन गरिएको हो ।

वर्तमान गठबन्धन सरकारको गलत कामविरुद्ध खबरदारीका लागि एमालेका जनसंगठनहरुले जनप्रदर्शन गरेका एमाले नवलपुरले जनाएको छ । जनप्रदर्शन एमाले नवलपुर पार्टी कार्यालयबाट सुरु भएर फिल्महल चोक, सभापती चोक, इन्द्रचोक, थानाचोक, बिपि चोक हुँदै फलफुलचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रदर्शनमा एमाले कार्यकर्ताहरुले बढदो महङ्गी नियन्त्रण गर, नालायक अर्थ मन्त्री राजिनामा दे, पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ता गर, प्रदेश सरकारले वृद्धि गरेको कर फिर्ता गर, कोरोना बिमा भुक्तानी गर, स्वास्थ्य बिमा ऐन लागू गर जस्ता नारा लगाएका थिए ।

कोणसभालाई नेकपा (एमाले) का नवलपुर जिल्ला कमिटी अध्यक्ष मुक्तिराम पाण्डे र नेकपा (एमाले) केन्द्रिय कमिटी सदस्य एवं नवलपुर सह-इन्चार्ज रविन्द्र अधिकारीले सम्बोधन गरेका थिए ।

 

 

 

तस्बिर : सामाजिक संजाल

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology