संघीय सरकारको तर्फबाट जिल्ला अस्पताललाई १५ थान अक्सिजन सिलिन्डर सहितका स्वास्थ्य सामाग्री सहयोग

NAWALPUR TIMES

संघीय सरकारको तर्फबाट जिल्ला अस्पताललाई १५ थान अक्सिजन सिलिन्डर सहितका स्वास्थ्य सामाग्री सहयोग
FB IMG 16226264026384825

कावासोती । संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या  मन्त्रालय अन्तर्गतको स्वास्थ्य विभागले मध्यविन्दु जिल्ला अस्पतालका लागि १५ थान अक्सिजन सिलिन्डर सहितका स्वास्थ्य सामाग्री पठाएको छ ।

स्वास्थ्य सेवा विभागले अस्पतालका लागी १५ थान अक्सिजन सिलिन्डर, ७ थान अक्सिजन कन्सन्ट्रेटर, पल्स अक्सिमिटर स्पट चेक ५ थान, Laryngoscope २ थान, सर्जिकल माक्स १००० थान, गाउन १०० थान, सेफ्टी चस्मा २५ थान, एन 95 माक्स २०० थान, पंजा १०० थान पठाएको हो ।

बुधबार संघिय सरकारको स्वास्थ्य मन्त्रालयले पठाएको सामान नवलपुर क्षेत्र नं २ बाट निर्वाचित विघटित प्रतिनिधि सभाका सदस्य तिलक महतले प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीको उपस्थितमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा वीर बहादुर थापालाई हस्तान्तरण गरेका हुन ।

यस अघि संघीय सरकारका तर्फ बाट अस्पतालमा अक्सिजन प्लान्ट बिस्तार गर्न ७५ लाख बजेट विनियोजन भैसकेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology