माओवादी केन्द्र नवलपुरको पार्टी कार्यालय उदघाटन

NAWALPUR TIMES

माओवादी केन्द्र नवलपुरको पार्टी कार्यालय उदघाटन
1627122657474

कावासोती ।नेकपा माओवादी केन्द्रले पार्टी कार्यालयको शनिबार उद्घाटन गरेको छ ।

 

शनिबार कावासोतीमा जिल्ला पार्टी कार्यालयको माओवादी केन्द्रका केन्द्रिय सदस्य किसान शर्मा गैरेले पार्टी कार्यालय उद्घाटन गरेका हुन् ।

 

नेकपा एमालेसंग पार्टी एकता भएपछि एकै ठाउँबाट पार्टी कार्यालय सञ्चालनमा आए पनि पार्टी विभाजन पछि माओवादी केन्द्रले आफ्नो पुरानै कार्यालय रहेको घरमा जिल्ला पार्टी कार्यालय स्थापना गरेको हो ।माओवादी केन्द्रका जिल्ला सचिव मित्रशरण शर्माको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

 

कार्यक्रममा शर्माले नेपाली कम्युनिष्ट आन्दोलन यति बेला जटिल अवस्थामा आएको बताउँदै पुन ईमान्दार कम्युनिष्टहरू एक हुनुको विकल्प नरहेको बताए ।यसैबीच नेकपा माओवादी केन्द्रले शनिबार नै नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्मचार्यको आठौं स्मृति कार्यक्रम कावासोतीमा गरेको छ ।

 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नवलपुरको आयोजनामा कार्यक्रम भएको हो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology