ब्याजदर वृद्धिको विरोधमा नवलपुरमा धर्ना, भोली शान्तिपुर्ण विरोध प्रर्दशन

NAWALPUR TIMES

ब्याजदर वृद्धिको विरोधमा नवलपुरमा धर्ना, भोली शान्तिपुर्ण विरोध प्रर्दशन
received 5709240865811290

कावासोती । चालु पूंजी निर्देशिकाका कारण अन्यौलको अवस्था सृजना गरेको , बैक तथा वित्तिय संस्थाहरुले एक बर्षको अवधिमा सत प्रतिशत ब्याजदर वृद्धि गरेको भन्दै नवलपुर उद्योग बाणिज्य संघ सहित जिल्लाका अन्य उद्योग बाणिज्य संघहरुले आज बैक अगाडी विरोध स्वरुप धर्ना तथा हस्ताक्षर संकलन गरेका छन ।

बैंक वित्तीय संस्थाहरु असुलीका नाममा बैंकिङ आतंक मच्चाईरहेको भन्दै ब्याज दर अविलम्ब एकल अंक हुनेगरी घटाउन, व्यवसायीहरुलाई मानसीक तनाव दिने प्रवृतिको अन्त्य गर्न, व्याज तिर्ने समय सिमा बढाउन, विभिन्न शिर्षकमा लिइने सेवा शुल्कलाई पारदर्शी र मनासिब बनाउन कर्जाको ब्याज दर पुन: संरचना गर्न बैंक तथा वित्तीय संस्थाले अगाडि बढाएका धितो लिलामीका प्रकृयाहरु तत्काल रोक्न, कोभिडका कारण थला परेको अर्थतन्त्र उकास्न विशेष कार्यक्रमको व्यवस्था गर्न ध्यानाकर्षण गराउदै नवलपुर जिल्ला भित्र रहेका उद्योग बाणिज्य बाणिज्य संघहरुले जिल्ला भित्र रहेका बैक तथा वित्तिय संस्थाहरुलाई ज्ञापन पत्र बुझाएका नवलपुरका उद्योगी व्यापारीहरुले दोस्रो चरणको आन्दोलन अन्र्तगत आज धर्ना तथा हस्ताक्षर संकलन अभियान गरेर विरोध प्रदर्शन गरेको नवलपुर उद्योग बाणिज्य संघका महासचिब सागर पोख्रेलले बताउनुभयो ।

दोस्रो चरण आन्दोलन अन्र्तगत पुष ६ गते नवलपुर उद्योग काणिज्य संघको अगुवाईमा जिल्लाको सदरमुकाममा शान्तिपुर्ण विरोध प्रदर्शन गर्ने र आज ( मंगलबार) संकलित हस्ताक्षर जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री, अर्थ मन्त्री र गर्भनरलाई बुझाउने कार्यक्रम रहेको नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष बैकुण्ठ प्रसाद अर्यालले बताउनुभयो ।

आज जिल्लामा रहेका अन्य उद्योग बाणिज्इ संघहरुले मुख्य राजमार्गमा धर्ना सहित व्याजदर बृद्धिको विरोधमा हस्ताक्षर संकलन गरेका छन । सबै उद्योग बाणिज्य संघहरुद्धारा संकलित हस्ताक्षर बुधबार जिल्ला प्रशासन मार्फत केन्द्रिय सरकार र सरोकारबालाहरुलाई बुझाउने कार्यक्रम तय गरीएको छ ।

यस अघि जिल्ला भित्र रहेका बैक तथा वित्तिय संस्थालाई ज्ञापन पत्र र प्रधानमन्त्री, अर्थ मन्त्री र गर्भनरलाई ज्ञापन पत्र बुझाई सकेको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology