निर्वाचन केन्द्रित अभियानमा कांग्रेस नवलपुर : शनिबार ९२ वडामा एकै साथ प्रशिक्षण

NAWALPUR TIMES

निर्वाचन केन्द्रित अभियानमा कांग्रेस नवलपुर : शनिबार ९२ वडामा एकै साथ प्रशिक्षण
1614926923 nepali congress mx3xCT37Q5

नवलपुर । नेपाली कांग्रेस नवलपुरले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ ।

कांग्रेस केन्द्रिय कार्यसमितिले “घर घर जाउ कांग्रेस जिताउ” अभियानको सुरुवात गरे सँगै नवलपुरमा पनि कांग्रेसले अभियानलाई तिब्रताका साथ अगाडि बढाएको हो ।

अभियान अन्तर्गत कांग्रेसले जिल्लाको दुईवटै संघीय निर्वाचन क्षेत्र, ४ वटा प्रदेश सभा निर्वाचन क्षेत्र र ८ वटा पालिकामा प्रशिक्षण सप्पन्न गरिसकेको र चैत १९ गते शनिबार जिल्लाका ९२ वडामा निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम गरिने कांग्रेस नवलपुरका सचिब महेन्द्र पोख्रेलले जानकारी दिए ।

“घर घर जाउ कांग्रेस जिताउ” अभियान अन्तर्गत हुन लागेको प्रशिक्षणमा वडामा रहेका कांग्रेसको विभिन्न तहमा प्रतिनिधित्व गर्ने नेता तथा कार्यकर्ताहरु, भातृ तथा शुभेच्छुक संघ संस्थाका नेता तथा कार्यकर्ताहरु, कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु तथा सम्पुर्ण कृयाशिल सदस्य एवं कांग्रेसका साधरण सदस्य हरुको उपस्तिथि रहने पोख्रेलले बताए ।

सचिब पोख्रेलका अनुसार वडामा प्रशिक्षण दिनका लागि जिल्ला कार्यसमितिले प्रतिनिधि तोकिसकेको छ ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology