नवलपुर कांग्रेसको परिपत्र : माथिल्लो पद र राजनीतिक नियुक्ति पाएकालाई उम्मेदवार सिफारिस नगर्नु

NAWALPUR TIMES

नवलपुर कांग्रेसको परिपत्र : माथिल्लो पद र राजनीतिक नियुक्ति पाएकालाई उम्मेदवार सिफारिस नगर्नु
1626355011nepali congress flag tree 1

नवलपुर । वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा पुर्व प्रधानमन्त्री देखि संघिय सरकारका पुर्व मन्त्री, संघिय सांसद, प्रदेश सरकारका बहालवाला मन्त्री तथा प्रदेश सांसदले उम्मदवारी दिने चर्चा चलिरहदा नवलपुर कांग्रेसले भने मातहतका समितिहरुलाई माथिल्लो पदमा काम गरेका र राजनीतिक नियुक्ति पाएकालाई उम्मेदवार सिफारिस नर्गन निर्देशन सहितको १४ बुंदे परिपत्र पठाएको छ ।

कांग्रेस नवलपुरका सभापति महेन्द्रध्वज जिसीद्वारा हस्ताक्षरित परिपत्रको ७ नं बुदाँमा भनिएको छ, ʺमाथिल्लो पदमा रहेर काम गरेका, राजनीतिक नियुक्ति पाएका हरुको हकमा तल्लो तहमा सिफारीस नगर्ने । सिफारिस गर्दा समावेशितालाई ध्यान दिने ।ʺ
यस्तै कांगेसले वडा सदस्यका लागी क्रियाशिल सदस्य लिएका, वडा अध्यक्ष लागी क्रियाशिल सदस्यता लिएको  ५ वर्ष, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख तथा उपप्रमुखको हकमा क्रियाशिल सदस्यता लिएको १० वर्ष पुगेकालाई मात्रै सिफारिस गर्न परिपत्र गरेको छ ।

यस्तै कांगेसले मातहतका समितिलाई पठाएको परिपत्रमा पार्टीको विधान बमोजिम स्वच्छ छवि भएका, क्रियाशिलता, पार्टीमा गरेको योगदान, विकासप्रेमी, सामाजीक दायीत्व निर्वाहा गर्न सक्ने लगाएतका आधारहरु तय गरेर सिफारिस गर्न उल्लेख गरिएको छ ।

कांग्रसले वडा कार्य समितिले २३ गते भित्र पालिकामा, पालिकाले २५ गते भित्र प्रदेश सभा कार्यसमितिमा, प्रदेश सभा कार्यसमितिले २७ गते भित्र प्रतिनिधी सभा क्षेत्रीय समितिलाई उम्मेदवार को नाम सिफारीस गर्न निर्देशन दिएको छ । जिल्ला कार्यसमितिले पठाएको परिपत्रमा प्रतिनिधी सभा क्षेत्रीय समितिमा नाम आए पछि विधान बमोजिम संसदीय समिति गठन गरेर वडा तहको उम्मेदवारको आवश्यक निर्णय गर्ने तथा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख तथा उपप्रमुखको उम्मेदवारको सिफारिस चैत्र ३० भित्र जिल्ला कार्यसमितिमा पठाउनु पर्ने उल्लेख गरिएको छ ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology