नवलपुरमा ३१ हजार बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाईने

NAWALPUR TIMES

नवलपुरमा ३१ हजार बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाईने
vitamin d

नवलपुर । नवलपुरका ३० हजार ९ सय ८९ बालबालिकालाई बैशाख ६ र  ७ गते भिटामिन ए र जुकाको औषधि खुवाईने भएको छ । ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो।
स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद चापागाईका अनुसार जिल्लामा ६ देखि ५९ महिनासम्मका बालबालिकाको जनसंख्या ३० हजार ९ सय ८९ रहेको छ ।

यी सबै बालबालिकालाई भिटामिन ए खुवाईदै छ । उहाँका अनुसार एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि पनि साथै खुवाईने छ । यो उमेर समूहमा २७ हजार ३९ जनसंख्या रहेको छ ।३६२ जना महिला स्वास्थ्य स्वयंसेविका मार्फत् औषधि खुवाउने अभियान सञ्चालन हुने चापागाईले जानकारी दिनुभयो । प्रत्येक वडामा तोकिएको बुथमा गएर औषधि खुवाउन सकिने उहाँले बताउनुभयो ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology