नवलपुरमा निषेधाज्ञा साउन २१ गते सम्म थपियो

NAWALPUR TIMES

नवलपुरमा निषेधाज्ञा साउन २१ गते सम्म थपियो
1622378614908 1

कावासोती । नवलपुरमा निषेधाज्ञा थपिएको छ । प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनीद्वारा मंगलबार जारी आदेश अनुसार  निषेधाज्ञा साउन २१ सम्म थपिएको जिल्ला प्रशासन कार्यालय नवलपुरले जनाएको छ ।

मंगलबार जारी निषेधाज्ञामा निजी दुई पांग्रे र चार पांग्रे सवारी साधन चलाउन पाइने, भाडाको सवारी साधन पनि स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरि संचालन गरिने, तिन पांग्रे सवारी ट्याम्पोको हकमा रुट परिमिट अनुसार तोकिएको क्षेत्रमा मात्र सञ्चालन गर्न पाईने,  त्यस्तै होटल, रेष्टुरेण्ट, खाजघर तथा मिठाइ पसल, सैलुन तथा व्युटिपार्लरहरु स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी सञ्चालन गर्न पाईने, अत्यावश्यक भनी तोकिएका पसल तथा ब्यवसाय बाहेक अन्य साँझ ६ बजेपछि भने अनिवार्य बन्द गर्नुपर्ने जनाईएको छ ।

त्यस्तै मंगलबार जारी आदेसमा भेला सम्मेलन गर्न, हाटबजार लगायत जात्रा महोत्सव गर्न, मन्दिरमा भेला हुन, तालिम गोष्ठि जुलुस, सभा सम्मेलन गर्न, स्विमङ पुल खोल्न, पार्टी प्यालेस खोल्न, विद्यालय कलेजमा भौतिक रुपमा उपस्थित भई पढाई गर्न निषेध गरिएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology