नवलपुरमा गठबन्धन सक्रिय: दुई दिन भित्र पालिका स्तरको समितले प्रतिवेदन बुझाउनु पर्ने

NAWALPUR TIMES

नवलपुरमा गठबन्धन सक्रिय: दुई दिन भित्र पालिका स्तरको समितले प्रतिवेदन बुझाउनु पर्ने

नवलपुर । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नवलपुरमा पनि पाँच दलिय गठबन्धन हुने भएको छ ।

स्थानिय निर्वाचनमा गठबन्धन गरेर जाने केन्द्रिय स्तरमै तय भए सँगै नवलपुरमा पनि गठबन्धनले आफ्नो सक्रियता सुरु गरेको हो ।

आईतबार कावासोतीमा बसेको गठबन्धनको बैठकले नेपाली कांग्रेसका सभापति महेन्द्र ध्वज जिसीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको कांग्रेस नवलपुरका सचिब होमराज रानाभाटले जानकारी दिए ।

कार्यदलमा कांग्रेसबाट महेन्द्रध्वज जिसी, नेकपा माओवादी केन्द्रबाट मित्रशरण शर्मा, नेकपा एकीकृत समाजवादीबाट शालिकराम भट्टराई, जनता समाजवादीबाट धनबहादुर गुरुङ र राष्ट्रिय जनमोर्चाबाट दिपक पाण्डे रहेका रानाभाटले जानकारी दिए ।

आइतबार सम्पन्न जिल्ला स्तरको गठबन्धनको बैठकले सोमबार जिल्लाका आठ वटा पालिकामा कार्यदल गठन गरेर उक्त कार्यदलले दुई दिन भित्र पालिका स्तरीय प्रतिवेदन जिल्ला स्तरीय कार्यदललाई बुझाउनु पर्ने निर्णय गरेको रानाभाटले बताए । प्रतिवेदनमा अघिल्लो निर्वाचनमा गठबन्धनका दल तथा अन्य दलले पाएको मत , अहिलेको राजनीतिक अवस्था लगाएतका कुराहरु समेटिने रानाभाटले बताए ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology