नक्कली सुनको कारोबार गर्ने दुई जना भारतीय नागरिक नवलपुरबाट पक्राउ

NAWALPUR TIMES

नक्कली सुनको कारोबार गर्ने दुई जना भारतीय नागरिक नवलपुरबाट पक्राउ
arrest 1

नवलपुर । नवलपुरमा नक्कली सुन बेच्ने दुईजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उत्तरप्रदेश गोरखपुर घर भएका ३९ वर्षका रामप्रकाश चौधरी र भारत विहार घर भएका २४ वर्षका रुदीपक कुमार जैसवाल रहेको प्रहरीले जनाएको छ ।

नवलपुरको गैँडाकोट, दलदले, कावासोती र डण्डा बजारमा रहेका सुनचाँदी पसलहरुमा सुन जस्तो देखिने पँहेलो धातुबाट बनेका नक्कली गरगहनाहरु बिक्री गरि ठगी गरेको सूचना प्राप्त भएपछि प्रहरीले उनिहरुको खोजतलास सुरु गरेको थियो ।पक्राउ परेका दुवैजनलाई अदालतबाट म्याद थप गरि अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology