देवचुलीको मेयरमा एमालेबाट सात जनाको दाबी

NAWALPUR TIMES

देवचुलीको मेयरमा एमालेबाट सात जनाको दाबी
Y9QaPTv3oqqKMMAg5MuV

नवलपुर । नवलपुर । वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा देवचुलीमा नगरपालिकामा नेकपा एमाले बाट नगरप्रमुखमा वर्तमान नगर उपप्रमुख पार्वता तिवारी सहित सात जनाले दाबी गरेका छ्न ।

मंगलबार बसेको एमाले देवचुली नगर कमिटिको बिस्तारित बैठकमा  खिमानन्द भुसाल, धर्मदत्त भुसाल , हरि न्यौपाने , नरदेव न्यौपाने ,रामप्रसाद शर्मा ,होमनाथ जैसी, पार्वती तिवारीले नगरप्रमुख पदमा दाबी गर्दै नाम दर्ता गराएका नेकपा एमाले देवचुलीले जनाएको छ ।

त्यसै गरि उपप्रमुख पदमा शिवहरी अधिकारी,
कल्पना भण्डारी देवकोटा, युवराज वाग्ले, रिमबहादुर आले, दिनाकुमारी पराजुली,
पार्वती पाण्डे, दिनानाथ भुसाल, तिलप्रसाद पाठक, टोपराज कोइराला र कमला सापकोटा ले उम्मेदवारीमा दावी गरेको एमाले देवचुली स्रोतले बतायो ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology