नवलपुर । वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा देवचुलीमा नगरपालिकामा नेपाली कांग्रेसबाट नगरप्रमुख पदमा १३ जनाले दाबी गरेका छ्न ।
बुधबार कांग्रेस देवचुलीको उम्मेदवारी स्वघोषणा कार्यक्रममा धर्मराज बस्याल, भोजेन्द्र रायमाझी, बिण्णुप्रसाद भुषाल, रेशमलाल सापकोटा, ढाकाराम भट्टराई , अशोक बस्ताकोटी, गौरिश्वर न्यौपाने, देवराज लामिछाने, क्या डिल बहादुर खत्री, रविलाल सापकोटा, डिल्लीराम कडरिया, उदयराज अधिकारी र लक्ष्मी बस्ताकोटीले नगरप्रमुखमा दाबी गरेका हुन ।
त्यसै गरि नगर उपप्रमुख पदमा धनमाया खडका, निर्मला पाण्डे, रेनुका न्यौपाने बस्ताकोटी, रत्नमाया विश्वकर्मा, धनेश्वरि ढकाल कोईराला, धन माया भुसाल, सम्झना सापकोटा, खिमा सारुले दाबी गर्दै नाम दर्ता गराएका नेपाली कांग्रेस देवचुलीले जनाएको छ ।
Facebook Comment