दुइपार्टीवाट मित मित मेयरका उम्मेदवार

NAWALPUR TIMES

दुइपार्टीवाट मित मित मेयरका उम्मेदवार
mayor

नारायण शर्मा/पूर्वी नवलपरासी
पूर्वी नवलपरासीका दुई वटा नगरपालिकामा एमाले र कांग्रेसवाट मित मितले मेयरमा उम्मेदवारी पाएका छन ।

गैडाकोट नगरपालिकामा एमालेवाट मेयरका उम्मेदवार छत्र पौडेल र कावासोती नगरपालिकामा कांग्रेसवाट मेयरका उम्मेदवार महेन्द्र पोख्रेल मित मित हुन । दुबै मितले यहाका दुई नगरपालिकावाट फरक फरक दलवाट लगातार दोश्रो पटक मेयरमा टिकट पाएपछि यहा उनिहरुको चर्चा बढेको छ । २०७४ सालमा पनि ति दुई नगरपालिकावाट यी मित मितले टिकट पाएका थिए । दोश्रो पटक पनि ति दबैले टिकट पाएपछि यहा उनिहरुको चर्चा बढको छ ।

गत निर्वाचनमा एमालेका छत्र पौडेल गैडाकोटमा मेयरमा निर्वाचित भएका थिए भने महेन्द्र पोख्रेल हारेका थिए । दोस्रो कार्यकालका लागि पनि ति दुवै मितले दुई फरक पार्टीवाट मयरमा टिकट पाएका हुन । गैडाकोटमा एमाले र राप्रपाबिच तालमेल छ भने कावासोतीमा कांग्रेस र ५ दलिय गठबन्धनको संयुक्त प्यानल चुनाबमा होमिएको छ ।

 

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology