दिपेन्द्रको शतकीय पालिमा नेपालले दियो २२४ रनको लक्ष्य

NAWALPUR TIMES

दिपेन्द्रको शतकीय पालिमा नेपालले दियो २२४ रनको लक्ष्य
2e746ddb7c3c3e25c44c24c52a23fbeaa4c1e7ffa3757a615f73d677369117f5.0

काठमाडौं : त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज टस हारेर ब्याटिंङ् गरेको नेपालले हार्ड हिटर दिपेन्द्रसिंह ऐरीको शतकीय पालिमा मलेसियालाई २२४ रनको लक्ष्य दिएको छ। नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२३ रन जोडेको हो।

 

नेपालका लागि ब्याट्सम्यान दिपेन्द्रसिंह ऐरी ५७ बलको सामना गर्दै ११० रन जोडे यस्तै रोहित पौडेलले ३४ बलको सामना गर्दै ५१ रन जोडे। त्यस्तै कुशल भुर्तेल १२ रन, आशिफ शेख १८ रन र मोहम्मद आदिल अलामले १४ रन जोडे।

नेपाल यसअघि नै फाइनलमा प्रवेश गरेको छ। आजको खेल मलेसियाले जिते मलेसिया फाइनल प्रवेश गर्नेछ भने नेपालसँग पराजित भए रनरेटको आधारमा पपुवा न्युगिनी फाइनल प्रवेश गर्नेछ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology