जथाभावी राहत वितरण गरे अध्यादेश बमोजिम कार्वाही गर्ने जिल्ला प्रशासनको चेतावनी

NAWALPUR TIMES

जथाभावी राहत वितरण गरे अध्यादेश बमोजिम कार्वाही गर्ने जिल्ला प्रशासनको चेतावनी
1622378614908

कावासोती । जिल्ला प्रशासन कार्यालय  नवलपुरले निषेधाज्ञाको समयमा जिल्ला भित्र राहतको नाममा गलत क्रियाकलाप  गरेको भन्ने गुनासो आएको भन्दै डिसि एम सि र स्थानीय तहसँगको समन्वय बिना राहत वितरणको कार्य नगर्न भन्दै सूचना जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी भट्टराई द्वारा हस्ताक्षरित सूचनामा संकटको मौका छोप्दै केही व्यक्ति, समुह र संस्थाहरुले राहत बाड्ने भन्दै विभिन्न स्थानमा पुगेको  सुचना तथा गुनासो कार्यालयमा प्राप्त भएको भन्दै राहतको नाममा गलत काम गर्नेहरुलाई कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश बमोजिम कार्वाही गर्ने उल्लेख गरिएको छ ।

कोरोना संक्रमण फैलिएपछी सरकारले केही दिन पहिले कोरोना नियन्त्रणको लागि भन्दै कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश ल्याएको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology