चारजनाको समुहले आक्रमण गर्दा अटो चालक घाईते

NAWALPUR TIMES

चारजनाको समुहले आक्रमण गर्दा अटो चालक घाईते
fight symbol

नवलपुर । चारजनाको समुहले आक्रमण गर्दा गैंडाकोटमा अटो चालक घाईते भएका छ्न ।

प्रहरीका अनुसार बिहिवार राति करिब ११ बजेको समयमा चार जनाकाे समूहले अटो चालकलाई बियरकाे बाेत्तल टाउकाेमा प्रहार गरेर कुटपिट गरेका हुन्।

गैडाकोट -५ कुसुम टोल बस्ने ४० वर्षिय सुनिल बहादुर सार्कीलाई राति अटो लिई घर तर्फ जादैँ गर्दा  साेहि ठाउँ बस्ने बर्ष २६ का नविन दराई, बर्ष ३१ का सुरज अधिकारी, बर्ष २१ का नविन बोटे र बर्ष २६ का देवेन्द्र सापकोटा मिली कुटपिट गरेका प्रहरीले जानकारी दिएको छ।

कुटपिट गर्ने प्रहरी नियन्त्रणमा रहेका छन् ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology