गैँडाकोटमा बस र ट्रक ठोक्किँदा १५ घाइते

NAWALPUR TIMES

गैँडाकोटमा बस र ट्रक ठोक्किँदा १५ घाइते
accident 20201129054133

नवलपुर १६ चैत । पूर्वी नवलपरासीको पूर्व–पश्चिम राजमार्गमा पर्ने गैंडाकोट नगरपालिका वडा नम्बर–१५, अमरापुरीमा बस र ट्रक ठोक्किँदा १५ जना घाइते भएका छन्। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना५ख ५९२२ नम्बरको ट्रकमा सोही दिशा (गुल्मीबाट काठमाडौँ) आउँदै गरेको लु२ख ४२३४ नम्बरको रात्रि बस ठोक्किँदा उक्त दुर्घटना भएको हो।

दुर्घटनामा हुँदा बसमा सावर ४० जनामध्य १५ जना घाइते भएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ। घाइतेहरूलाई उपचारको लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ।

ट्रक र ट्रकका चालक भने अस्थायी प्रहरी पोष्ट बेल्डियाको नियन्त्रणमा छन्। दुर्घटनामा परी रूपन्देही, गुल्मी, रोल्पा र अर्घाखाँचीका यात्रुहरू घाइते भएका छन्। घाइतेहरूमध्ये केहीको अवस्था सामान्य छ भने केहीको मध्यम रहेको प्रहरीले जनाएको छ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology