कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

NAWALPUR TIMES

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
download 1

कावासोती- कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । नवलपुर, कावासोती नगरपालिका वडा नं. १ बस्ने बर्ष ६२ का पुरुषको उपचारको क्रममा भरतपुरमा मृत्यु भएको छ ।

निज पुरुष निमोनियाको बिरामी भई जेष्ठ २८ गते मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा भर्ना भएका थिए । उनको जिल्ला अस्पताल भर्ना भएकै दिन पिसिआर परिक्षण गरीएको थियो । उनको सोही दिन पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो ।

उनको स्वास्थ्यमा थप समस्या देखीए पछि असार ६ गते नयाँ मेडिकल कलेज भरतपुरको कोभिड आइसियुमा भर्ना भई उपचार गराईएको थियो । निजको असार ८ गते राती साढे १२ बजेको समयमा मृत्यु भएको जानकारी दिईएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology