कावासोती-१३ मा कांग्रेसले टुंग्यायो रानाको नेतृत्वमा पाँचै जना उम्मेदवार

NAWALPUR TIMES

कावासोती-१३ मा कांग्रेसले टुंग्यायो रानाको नेतृत्वमा पाँचै जना उम्मेदवार
received 936860233671659

नवलपुर । वैशाख ३० मा हुने स्थानिय तहको निर्वाचनका लागि कावासोती नगरपालिकाको वडा नं १३ ले पाँचै जना उम्मेदवार सर्वसम्मत रुपमा टुङ्गयाएको छ ।

कांग्रेसले हालका वडा अध्यक्ष समेत रहेका कांग्रेस कावासोतीका नगर सचिब विनोद राना मगरको नेतृत्वमा पाँच जना उम्मेदवार टुङ्गो लगाएको कांग्रेस कावासोती- १३ का वडा सभापति चेतनारायण चौधरीले बताए ।

शुक्रबार बसेको कांग्रेसको वाड भेलाले वडा अध्यक्षमा विनोद राना मगर, दलित महिला सदस्यमा आशा परियार, महिला सदस्यमा मैयाँ देवि थनेत, खुल्ला सदस्य कृष्ण प्रसाद तिवारी खुल्ला सदस्यमा मनरजनी मुसहर उम्मेदवारको रुपमा अगाडी सार्ने सर्वसम्मत निर्णय गरेको सभापति चौधरीले बताए ।

वडा अध्यक्षमा पार्टीबाट सर्वसम्मत उम्मेदवार बने पछि रानाले निर्वाचन लडनका लागि शुक्रबारनै वडा अध्यक्षको पदबाट राजीनामा समेत दिएका छ्न ।

 

 

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology