कावासोतीले कोरोनाबाट मृत्यु भएका व्यक्तिका परिवारलाई ५० हजार रुपैयाँ दिने

NAWALPUR TIMES

कावासोतीले कोरोनाबाट मृत्यु भएका व्यक्तिका परिवारलाई ५० हजार रुपैयाँ दिने
thumb

नवलपरासी पूर्व — कावासोती नगरपालिकाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका परिवारलाई ५० हजार रुपैयाँ दिने भएको छ ।

कावासोती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनियाले नगरपालिकाभित्र कोराना संक्रमणले ज्यान गुमाएका व्यक्तिका परिवारलाई सहयोगस्वरूप प्रतिपरिवार ५० हजार रुपैयाँ दिने निर्णय भएको जानकारी दिए । यो रकम दसैंअगाडि नै वितरण गरिने पनि उनले बताए ।

कावासोती नगरपालिकाभित्र गत १९ महिनाको अवधिमा ५५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology