कावासोतीमा कुटपिटबाट ३ जना घाईते

NAWALPUR TIMES

कावासोतीमा कुटपिटबाट ३ जना घाईते
fight symbol

नवलपुर । पूर्वी नवलपरासी कावासोती नगरपालिका वडा नम्बर–३ सभापति चोकमा आपसी विवादका कारण भएको समूहगत कुटपिटबाट तीन जना घाइते भएका छन् ।

मापसे सेवन गरी भएको कुटपिटबाट घाइते हुनेहरुमा कावासोती नगरपालिका–२ वर्ष २२ का दीपेन्द्र सारु, २२ वर्षकै आकाश थापा र कावासोती–३ का २२ वर्षका उत्तम थापा रहेका छन् । तीन जनाकै टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको नवलपुर अस्पताल कावासोती प्राथमिक उपचारपछि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेका ५ जना फरार रहेका र उनीहरुको खोजी कार्य जारी रहेको नवलपुर प्रहरीले जनाएको छ ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology