कावासोती । नेपाली कांग्रेस नवलपुरको नव निर्वाचित जिल्ला कार्यसमितिको पद हस्तान्तरण तथा कांग्रेसको घर-घर जाउ कांग्रेस जिताउ अभियानको सुरुवात फागुन ३० गते गरिने भएको छ ।
नेपाली कांग्रेसका पुर्व महामन्त्री एवं केन्द्रिय सदस्य डाक्टर शशांक कोइरालाको प्रमुख आतिथ्यतामा फागुन ३० गते सोमबार कावासोती मा रहेको पानस पार्टी प्यालेसमा कार्यक्रमको आयोजना गरिएको कांग्रेस नवलपुरका नव निर्वाचित सचिब होमराज रानाभाटले जानकारी दिए ।
कार्यक्रममा कांग्रेस केन्द्रिय नेताहरु शशांक कोइराला, विनोद चौधरी गण्डकी प्रदेशका मुख्यमन्त्री एवं कांग्रेस केन्द्रिय सदस्य कृष्णचन्द्र नेपाली, अभियानका लागि नवलपुरमा खटाईएका केन्द्रिय सदस्य टेकप्रसाद गुरुङ लगाएतका नेताहरुको उपस्थित रहने रानाभाटले बताए ।
Facebook Comment