कांग्रेस, एमाले र माओवादी प्रवृतिबाट देश जोगाउनु पर्छ : लिङ्देन

NAWALPUR TIMES

कांग्रेस, एमाले र माओवादी प्रवृतिबाट देश जोगाउनु पर्छ : लिङ्देन
lingen

नवलपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादी प्रवृतिबाट देश जोगाउन पर्ने बताएका छन ।

राप्रपा नवलपुरद्वारा शनिबार दल्दलेमा आयोजित चुनावी सभामा बोल्दै लिङ्देनले भने ’कांग्रेस, एमाले र माओवादीले निर्वाचनअघि चिल्ला चिल्ला कुरा गर्छन् र ५ वर्ष मोज गर्छन् यो प्रवृत्तिबाट देश जोगाउनै पर्छ,’ लिङ्देनले भने, ’देशमा रोजगारी छैन । कृषकले धान रोप्दा मल पाउँदैन । फेरि पनि ती दललाई भोट हाल्न छोड्दैनन् अब त्यसरी हुन्न ।हामी विकल्प दिन्छौं, राप्रपालाई मत हाल्नुस् ।’

कार्यक्रममा गत ३२ वर्षसम्म नेपालका तीन ठूला दलले देश लुटेर बर्बाद पारेको आरोप उनले लगाए । ’३२ वर्षसम्म पालैपालो सत्तामा बसेर देश लुटे, अबको निर्वाचनमा पनि त्यही ठूला दललाई मत दिनु भनेको देश बर्बादीमा पारेर रमित हेर्नु हो ।’ नेपालीलाई बिरामी हुँदा सिटामोल देउ भनेर अदालतले आदेश दिनुपर्ने अवस्था रहेकोले तीन दलकै कारण देश श्रीलंका पथमा गइरहेको उनले दाबी गरे ।

हरेक दिन वैदेशिक ऋण लिएर अनुत्पादक क्षेत्रमा लगानी गरेर देश कंगाल बनाउन ठूला दल लागिपरेको र त्यो जनताले मेसो नपाएको उनको भनाइ थियो । ’विदेशबाट ऋण लिएर कुन–कुन उत्पादनमूलक काममा खर्च गरेका छौं ? अब जवाफ चाहियो,’ उनले भने, ’ऋण लिएर जनप्रतिनिधि पाल्ने र तिनले चढ्ने गाडी खर्च बेहोर्न सकिँदैन ।’

 

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology