कटान र बहावको अध्ययन गर्न जनप्रतिनिधि र सुरक्षा अधिकारीहरु नारायणी नदिमा

NAWALPUR TIMES

कटान र बहावको अध्ययन गर्न जनप्रतिनिधि र सुरक्षा अधिकारीहरु नारायणी नदिमा
1644065162604

नवलपुर । नवलपुर र चितवनका प्रमुख जिल्ला अधिकारी सहित जनप्रतिनिधिको टोलिले शनिबार नारायणी नदिको कटान र यसको बहावले पार्ने असरको विषयमा स्थलगत अनुगमन गरेको छ ।

गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेल सहित चितवन र नवलपुरका सुरक्षा अधिकारीहरुको टोलीले गैँडाकोट ७, ९ तर्फको भाग र भरतपुरको ज्ञानेश्वर सामुदायीक वन क्षेत्रमा पुगेर त्यहाँबाट गैँडाकोट र चितवन तर्फको नदी किनारको अवस्था र पानीको बहावको विषयमा अध्ययन गरेको हो ।

नारायणी नदिले पुर्‍याउने क्षतीबाट जोगिनका लागि आवश्यक रणनिति बनाउन सहज होस भन्ने उद्देश्यका साथ स्थलगत अनुगमन गरिएको गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले बताए । अहिले चितवन तर्फ तटबन्धका लागि काम भएकाले नवलपुर तर्फ गैँडाकोट क्षेत्रमा पनि तटबन्ध गरिएन भने नदी वस्ति पस्न सक्ने जोखिम रहेकाले दुबै क्षेत्रका अधिकारीहरु फिल्डमै पुगेर निरिक्षण गरी आवश्यक राय लिईएको पौडेलले बताए ।

सबैबाट आएको सुझावलाई केन्द्र सरकार र प्रदेश सरकार समक्ष पठाएर गैँडाकोट तर्फ पनी तत्काल तटबन्धका लागि काम गर्न दवाब दिईने पौडल बताउछ्न ।

टोलिमा गैंडाकोटका नगरप्रमुख पौडेल सहित चितवन र नवलपुरका प्रमुख जिल्ला अधिकारीहरु असमान तामाङ र सुमन घिमिरे, दुवै जिल्लाका प्रहरी प्रमुखहरु सहित जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology