कञ्चनपुरमा महाकाली गाउँ पस्ने खतरा, २७ सयलाई सुरक्षित स्थानमा सारियो

NAWALPUR TIMES

कञ्चनपुरमा महाकाली गाउँ पस्ने खतरा, २७ सयलाई सुरक्षित स्थानमा सारियो
mahakali badhi1634705440

कञ्चनपुरमा महाकाली नदी गाउँ पस्ने खतरा बढेको छ । पानीको बहाव घट्दै गए पनि तीव्र रूपमा कटान जारी रहेकाले महाकाली गाउँ पस्ने खतरा बढेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सिद्धराज न्यौपानेका अनुसार भीमदत्त नगरपालिका–१२ र १३ का ओदाली, बडैपुर र पिपरैया क्षेत्रमा महाकालीको बढी जोखिम छ । यसबाहेक दोधाराचाँदनी नगरपालिका–९ र १० नम्वर वडामा समेत जोखिम छ ।

जोखिमलाई मध्यनजगर गर्दै २७ सय स्थानीयलाई सुरक्षित स्थानमा सारिएको डीएसपी न्यौपानेले बताए । महाकाली नदीले ‘भाइरल रोड’ भनेर चिनिने कालोपत्रे सडक पूर्ण रूपमा बगाएको छ । सोही क्षेत्रबाट महाकाली बस्तीतर्फ सोझिने खतरा बढेको बताइएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology