अनिवार्य मास्क प्रयोग गर्न नवलपुर प्रशासनको आदेश

NAWALPUR TIMES

नवलपुर । कोरोना भाइरसको जोखिमलाइ ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय नवलपरासी (पूर्व)ले अनिवार्य रुपमा मास्कको प्रयोग गर्न सर्वसाधारणमा आदेश जारी गरेकोछ ।

कोभिड १९ को संक्रमण रोकथाम र उपचार ब्यवस्था सम्वन्धमा आइतबार बसेको बैठकका सिफारिसमा आधारमा जिल्लाका सरकारी तथा सार्वजनिक स्थानमा अनिवार्य रुपमा मास्क लगाउन आदेश जारी गरेको हो ।

प्रमुुख जिल्ला अधिकारी सुमन घिमिरेद्धारा जारी आदेशमा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने गराउने, साबुनपानीले हात हुने, सामाजिक दुरी कायम गर्नुपर्ने उल्लेख छ ।आदेशमा सरकारी वा सार्वजिनक प्रकृतिका सबै कार्यालय, विद्यालय तथा संघसंस्थामा सेवा लिदा र दिदा अनिवार्य रुपमा मास्क गर्नुपर्ने उल्लेख गरिएको छ ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology